जीएमसीमा स्पोर्टस् वीकमा विभिन्न खेल

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
61349019_2394369673960174_5392519568285499392_n

पोखरा, १७ जेठ । गण्डकी मेडिकल कलेज पोखराद्वारा आयोजित जीएमसी स्पोर्टस् वीक २०१९ मा विभिन्न खेलहरु सञ्चालन भइरहेका छन् ।

सप्ताहव्यापी प्रतियोगितामा फूटवल, भलिवल, क्रिकेट, वास्केटवल, व्याडमिन्टन , टेवुलटेनिस, बुद्धिचाल, दौड, फूटसल (लेडिज), लठ्ठा तान्ने आदि खेलहरु समावेश गरिएको कार्यक्रम संयोजक एवं माइक्रोवायोलोजी विभागका सह–प्राध्यापक ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

उक्त कार्यक्रमको गण्डकी मेडिकल कलेजका प्राचार्य प्रोफेसर रवीन्द्रप्रसाद श्रेष्ठले गत शुक्रवार उद्घाटन गरेका थिए । स्पोर्टस् विक शनिवारसम्म सञ्चालन हुने जनाइएको छ ।
–कृष्णप्रसाद वास्तोला

Related News

सम्बन्धित समाचार

hero news full width