एकल साँझ तयारी पूरा

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
padam_Fotor

सांस्कृतिक जागरणमा पोखरेली पद्मराज चौथो एकल सांगीतिक कार्यक्रमको तयारी पूरा भएको छ।

कार्यक्रम सांस्कृतिक संस्थान र सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको आयोजनामा राष्ट्रिय नाँचघर काठमाडौंमा शनिवार हुन लागेको हो।

लोक गायक पद्मराज ढकालको राजधानीमा हुन लागेको एकल साँझ चौथो हो। यस अघि तीन वटा कार्यक्रम पोखरामै भएका थिए। सयौं गीत रेकर्ड गरिसकेका ढकालले यसपटक छ वटा नयाँ गीतसहित राष्ट्रिय नाँचघर गुञ्जाउने भएका छन्।

कार्यक्रममा पोखरा महानगरपालिका, अली मियाँ लोकवाङमय प्रतिष्ठानलगायतका विभिन्न संघसंस्था र महानुभावले सहयोग गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width