गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले ऐन कानून बनेसँगै अब सरकार आर्थिक क्रान्तितर्फ अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।
गणतन्त्र दिवस मनाउन गठित गण्डकी प्रदेश मूल समारोह समितिद्वारा बुधवार पोखरामा आयोजित गणतन्त्र दिवस समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले भने, ‘सात दशकदेखिको राजनीतिक क्रान्ति सफल भएको र अब नेपाली जनताको चाहना पुरा गर्न समृद्धि र विकासतर्फ जान जरुरी छ। ’
‘नेपाली जनताको लामो संघर्षको उपलब्धिस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, ’ उनले भने, ‘संविधानको सफल कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक हुन्छ। संघीय राज्यप्रणालीको भावना र मर्मअनुरुप हाम्रो संस्कार, संस्कृति र कार्यशैलीमा परिवर्तन आउनुपर्नेमा उनको जोड थियो।’
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सफल पार्न सबै राजनीतिक पार्टी र नागरिकको सहयोग आवश्यक पर्ने बताए। प्रदेशअन्तर्गतका विभिन्न कार्यालयका उत्कृष्ट कार्य गरेबापत २५ जना राष्ट्रसेवक कर्मचारीलाई नगद पुरस्कार एवं प्रशंसापत्रले सम्मान गरिएको थियो।
त्यसअघि मुख्यमन्त्री गुरुङले पोखराको शहीद पार्कमा पुगी अमर शहीद स्मारकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
मूल समारोह समितिद्वारा सिर्जनाचोकबाट सिमलचौर, रत्नचोकहुँदै शहीदचोकसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो।
प्रभातफेरीमा मुख्यमन्त्री गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, मन्त्री, प्रदेश सांसद, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिले सहभागिता जनाएका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१