पोखरा, १६ जेठ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानालाई बुधबार एक कार्यक्रमका विच विदाई गरिएको छ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्दले बुधबार एक कार्यक्रमको आयोजना गरी प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचारप्रसार शाखामा सरुवा भएका रानालाई विदाई गरेको हो ।
कार्यक्रममा एसपी रानाले आफ्नो कार्यकालमा जिल्ला भित्र अपराध नियन्त्रण र अपराधीलाई कानुनी कठघरामा उभ्याउने सवालमा उल्लेख्य प्रगति भएको दावी गर्दै विकृति र अपराधमुक्त समाज निर्माणको लागि विद्यालय तहदेखिनै लागुपदार्थ दुव्र्यसनी, साईबर क्राईम र अपराधका विभिन्न कानूनी सजायहरुका विषयमा पनि शिक्षा दिईनुपर्ने बताएका थिए ।
उनले आफु कार्यरत हुँदा १५१ फरार अपराधिलाई पक्राउ गर्न सफल भएको, २६१ वटा सार्वजनिक अपराध, १६० लागु औषध, ३५ वटा जुवा लगायत विभिन्न शिर्षकमा गरि १ हजार ९८ मुद्दा दर्ता भएको र १ हजार ७ सय ५२ पुरुष र १ सय ३८ महिलालाई कानूनी कठघरामा ल्याउन सफल भएको तथ्याड्ढ प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रमेश ओझाले रानाको कार्यकालमा जिल्लाको शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य प्रगती भएको वताउँदै उनको योगदानलाई पोखरेली जनताले सधैं कदर गर्ने बताए ।
१३ महिनापछि रानाको प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचारप्रसार शाखामा सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले आइतबार ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेसँगै कास्कीमा पनि एसपी फेरिएका हुन् । अघिल्लो बर्षको बैशाख अन्तिम साता राना कास्की आएका थिए । कास्कीको नयाँ प्रमुखको रुपमा दानबहादुर कार्की आउने भएका छन् । उनी हाल प्रहरी प्रधान कार्यालय,महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । गुल्मी घर भएका कार्की प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१