पोखरा, ७ जेठ । पोखरा १८ को खपौंदीदेखि पदेलीहुँदै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काम सुरु भएको छ । पहाडी भू–भागलाई महानगरको केन्द्रसँग जोड्नका लागि पोखरा महानगरपालिकाले उक्त सडकलाई कनेक्टिङ सडकमा राखेर काम अगाडि बढाएको हो ।
सडकको काम धमाधम भइरहेको पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए । उनका अनुसार २ किमी सडकलाई नालासहित ८ मिटर फराकिलो बनाइने छ । सडकको १ हजार १ सय ३५ मिटरसम्म ग्राबेलिङ गरिने पोखरा १८ का सब इन्जिनियर प्रशान्त बरालले जानकारी दिए । बरालका अनुसार ३० प्रतिशत काम सकिएको छ । सडकमा १ सय १५ मिटर नाला निर्माण गरिने छ ।
सडकको ६ ठाउँमा गरी ४ सय ४० घनमिटर ग्याबियन भर्नुका साथै पाँच ठाउँमा पाइप कल्र्भट, २ ठाउँमा सिँचाइका पाइप राखिने महानगरको सहरी पूर्वाधार महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सडकको २ ठाउँमा रिटेनिङ वाल पनि निर्माण गरिने छ । महानगरले उक्त काम गर्न १ करोड ५० लाखको टेन्डर गरेकामा देभचुली लोयल जेभीले ९८ लाख ९६ हजारमा काम सक्ने गरी महानगरसँग सम्झौता गरेको छ ।
गत चैत ११ गते भएको सम्झौता अनुसार निर्माण कम्पनीले आगामी भदौसम्ममा उक्त काम सक्ने समयसिमा तोकिएको छ । ग्रामीण भूभागलाई केन्द्रसम्म जोड्नका लागि महानगरपालिकाले कनेक्टिङ सडकलाई प्राथमिकतामा राखेको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।
पोखरा २३ मा पर्ने ठूलाखेत हर्पनहुँदै चैनपुर पञ्चासे सडकलाई पनि फराकिलो पार्ने काम सुरु भएको छ । पोखरा २३ का वडाध्यक्ष विष्णु पराजुलीका अनुसार सडक खण्डको साढे २ किमी सडकलाई फराकिलो बनाइने छ ।
नालासहित ८ मिटर चौडाइको सडकमा ४० मिटर नाला निर्माण गरिने छ । सडकको २ ठाउँमा गरी १ सय ३५ घनमिटर ग्याबिनय भरिने छ । महानगरले उक्त काम गर्नका लागि ५० लाखमा टेन्डर आह्वान गरेकोमा केडी कस्ट्रक्सनले ३० लाख २९ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार तोकिएको काम आगामी भदौसम्ममा काम सम्पन्न हुनुपर्नेछ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१