संस्कृत स्कुलमा अक्षयकोष स्थापना

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७६
Best-School-in-Bangalore-India

पोखरा, ४ जेठ । पोखरा– १ भिमकाली पाटन स्थित संस्कृत माविमा २१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानले शुक्रवार २१ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीलाइृ हस्तान्तरण गरेको हो । साथै प्रतिष्ठानले उक्त विद्यालयमा अध्ययनरत ७१ जना विद्यार्थीका लागि एक दिनको भोजनका लागि पाँच हजार रुपैयाँ समेत सहयोग प्रदान गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता प्रतिस्ठानका इन्दिरा अधिकारी कोइरालाले गरेकी थिइन् भने संचालन प्रतिष्ठानका कोषाध्यक्ष डा. बाबुराम अधिकारीले गरेका थिए । उक्त अवसरमा विद्यालयका प्राधानध्यापक गोविन्द सिग्देल, शंकर खराल, गणेश थापा लगायतले आफ्नो भनाई राखेका थिए ।

प्रतिष्ठानले १५ लाख रुपैयााको अक्षयकोष स्थापना गरी नेपालमा साहित्यिक तथा धार्मिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई वार्षिक रुपमा ५१ हजार रुपैयाँबाट सम्मान गर्ने भएको प्रतिष्ठानका संरक्षण कपिलनाथ कोइरालाले बताए । देशमा विशिष्ट योगदान पु¥याउन व्यक्तिलाई सम्मान गर्न डा. दिलवहादुर क्षत्रीको संयोजकत्वमा प्रतिभा छनौट समिति गठन गरिउको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width