पोखरा, ३ जेठ । कास्की जिल्ला बास्केट बल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केट बल प्रशिक्षण दिएको छ ।
प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेश सांसद दिपक कोइराला ‘रुपक’ले एक कार्यक्रमबीच प्रशिक्षणको उद्घाटन गरेका हुन् ।
एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १० जना छात्राहरुले बास्केट बलको प्रशिक्षण लिएका छन् ।
प्रशिक्षकहरु प्रदिप रसाइली र शिव पुनले बास्केट बलको प्रशिक्षण दिएका छन् । उनीहरु बास्केट बलको २ (टु) लेभल उत्तीर्ण प्रशिक्षकहरु हुन् । बास्केट बल गण्डकी प्रदेशका प्रशिक्षक समेत रहेका रसाइलीले करिब ३ महिना प्रशिक्षण संचालन गरिने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद दिपक कोइरालाले प्रशिक्षणबाट बास्केट बलको उत्कृष्ट खेलाडी बन्न प्रशिक्षार्थीहरुलाई शुभकामना दिए । प्रशिक्षणबाट खेलाडीलाई अनुशासन रहेर खेल कौशल सिक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जिल्ला खेलकुद विकास समिति मातहतको खेलकुद संघहरुमध्ये बास्केट बल संघ उत्कृष्ट संघ बनेको उल्लेख गरे ।
संघका सल्लाहकार नारायणप्रसाद शर्माले प्रशिक्षणले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने विचार व्यक्त गरे ।
कास्की जिल्ला बास्केट बल संघद्धारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन समेत गरिएको थियो । सांसद दिपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ र बास्केटबल संघका सल्लाहकार नारायणप्रसाद शर्मालगायतले क्यालेण्डर विमोचन गरेका थिए ।
कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष ध्वजकुमार गुरुङको अध्यक्षतामा भएको कार्र्यक्रम सदस्य अर्जुन परियारले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१