भिषण असिना पानीले मकैबालीमा नाेक्सान

आदर्श समाज सम्वाददाता
जेठ १, २०७६
Asina & makaibali1

लमजुङ, १ जेठ । वर्षभरी कृषिकर्मबाट परिवारको पालनपोशण र जीविको पार्जन गर्दै आएका किसानलाई प्राकृतिक प्रकोपले ठग्ने गर्छ ।

कुनै समय कुनै जिल्ला त कुनै समय कुनै जिल्लामा असिना पानीले किसानको अन्न, फलफूल र तरकारी बाली नोक्सान पु¥याउने गर्छ । यस्तै मंगलवार लमजुङमा जिल्लामा परेको भिषण असिनापानीले मकैबालीमा भारी नोक्सान पु¥याएको छ । मकैबारी नष्ट भएसँर्गै किसानमा बर्षभरी के खाने भन्ने चिन्ता वढेको छ ।

सरकारका कृषिमन्त्रीहरु किसानलाई जमिन बाँझो नराख्न र बाँझो राखेमा जरीवाना गर्ने भन्दै सार्वजनिक समारोहमा भाषण गर्ने गर्छन तर किसानको बालीमा असिनाले नोक्सान पु¥याउदा उनीहरुलाई क्षतिपूर्ति दिने कार्यमा भने कुनै कदम चल्दैन । केही दिन अघि कास्कीमा परेको असिना पानीले पनि यहाँका किसानद्वारा उत्पादित बालीमा साढे पाँच करोड रुपैयाँ बराबरको क्षति पुगेको सम्वन्धित कार्यालयहरुले तथ्याङ्क प्स्तुत गरेका छन् ।

असिनाले लमजुङको तीन गाउँपालिका दोर्दी, क्व्होलासोंथर, दुधपोखरी गाउँपालिका तथा एक नगरपालिका मध्यनेपालको ग्रामिण क्षेत्रमा लगाइएको मकैबालीमा क्षति पु¥याएको छ । असिनाले मकैबालीसँगै बेमौसमी तरकारीका साथै फलफूलमा समेत क्षति पु¥याएको छ । असिनापानीले मकैबाली र तरकारी खेतीमा जरै उखेल्ने गरी नोक्सान पारेको दुधपोखरी गाउँपालिका निवासी कृष्णबहादुर गुरुङले बताए ।

असिनाले लामागाउँ, कुवापानी, करापु, भकुण्डे, बास्कोट, आलडाँडा, डडुवादुर्छा गाउँमा मकै, तरकारी र फलफूलमा नोक्सान पारेको छ । नोक्सानको विवरण आउन बाँकी रहेको मध्यनेपाल नगरपाकालिका मेयर रमेश पाण्डेले बताए । ७, ८ वडामा बढी क्षति पुगेको उनको भनाई छ । क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले सबै वडाको अन्नवालीमा क्षति पुगेको बताए । उनका अनुसार मकै, कागुनो, तरकारीबाली, फलफूल आदि सबै असिनाले नष्ट बनाएको छ ।

दूधपोखरी गाउँपालिका ३ फुलिङगिरीका किसान धनबहादुर तामाङले आफ्नो ७ रोपनी जग्गामा लगाएको मकैबाली नष्ट भएको बताए । उनले भने ‘असिनाले सबै मकै सखाप बनायो केहि राखेन डाँठ मात्रै छ । दूधपोखरी गाउँपालिकाको वडा नम्बर १ को, दूधपोखरी, २ विचौर, ३ र ४ इलमपोखरी, ५ कोल्की र ६ गौंडा क्षेत्रमा असिनाले भारी नोक्सान गराएको सो पालिकाका अध्यक्ष छुपिमाया गुरुङले बताइन् । उनका अनुसार किसानले लगाएका मकैबाली, तरकारी खेतीको बन्दा, भेन्टा काँक्रो, घिरौंला, सागपात तथा फलफूल नष्ट भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width