फाईभ ए साईड फुटसल प्रतियोगिता शुरु

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७६

पोखरा, २९ वैशाख । पोखरा महानगरपालिका वडा नं ३ स्थित नदिपुर युनाईटेड क्लबको आयोजनामा आइतबारदेखि फाईभ ए साईड फुटसल प्रतियोगिता शुरु भएको छ ।

पोखराको गणेशटोल स्थित बि फिट फुटसलमा शुरु भएको प्रतियोगिता सोमारबासम्म चल्ने छ । स्वास्थ्य रहौ, शिक्षित बन्नौ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । कक्षा १२ को परिक्षा सकेका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा बिजेतालाई नगद १५ हजार सहित निःशुल्क आइएटिस् क्लास र उपबिजेतालाई नगद १० हजार सहित निःशुल्क आईईएटिस् क्यास उपलब्ध गराईने छ ।

प्रतियोगिता उद्घाटन गर्दै मुख्य प्रायोजक नेप्लिज इनकाउन्टर्स एजुकेशन कल्सटेन्सीका प्रवन्ध निर्देशक नारायणप्रसाद पहारीले युवालाई शिक्षासँगै खेलकुद पनि महत्व रहेको उल्लेख गरे ।

कार्यक्रममा गुरुकुल विद्यालय सदनका अध्यक्ष धर्म कोइराला र सोच कलेज अफ आईटीका संस्थापक सदस्य विकास पहारीले खेलले मानसिक र शारिरीक विकासमा योगदान पु¥याउने बताए । कार्यक्रम नदिपुर युनाईटेड क्लबका अध्यक्ष रोशन जुवाको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै