काठमाण्डौ, २८ वैशाख । प्रवासीहरू चढेको डुंगा ट्युनिसियानजकि सागरमा दुर्घटना हुँदा कम्तीमा ६५ जनाको ज्यान गएको छ।
लिबियाबाट युरोप जाँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो। दुर्घटनाबाट १६ जनाको सकुशल उद्धार गरिएको बीबीसीले जनाएको छ।
उद्धार गरिएका यात्रुका अनुसार समुद्रमा उठेका ठूला छालका कारण डुंगा दुर्घटना भएको हो। माछा मार्ने डुङ्गा प्रयोग गरी १६ जनाको उद्धार गरिएको हो। उक्त डुंगा बिहीबार लिबियाबाट छुटेको बताइएको छ।
यस वर्ष १७ हजार प्रवासी र शरणार्थी समुद्री माध्यमबाट युरोप प्रवेश गरेका थिए। गत वर्ष पनि ४ सय ४३ भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो।
युएनएचसीआरको तथ्यांकअनुसार यसै वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १ सय ६४ जनाको ज्यान गइसकेको छ। यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१