पोखरा, २५ वैशाख। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, बाडखोला शाखामा लघुवित्त कारोबार गर्ने ४६ वटा केन्द्रका केन्द्र प्रमुखहरुको पुतलीबजारमा वार्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
संस्थाका सञ्चालक समिति सदस्य नित्यानन्द तिवारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले वित्तीय अनुशासनको बारेमा जानकारी दिँदै संस्थाको नयाँ सेवा सुविधाहरु एवं बचत तथा कर्जाको कार्यक्रमबारे जानकारी गराए।
सहभागीले उठाएका सवाल एवं गुनासोमा संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी एवं कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सम्बोधन गरेका थिए।
आगामी दिनमा सदस्यको क्षमता तथा सीप अभिवृद्धि तथा सामाजिक र आर्थिक स्तर बढाउँदै लाने कार्यक्रमलाई प्राथमिकता दिंदै जाने सहायक प्रमुख कार्यकारी अधिकृत जोशीले बताए।
बाडखोला शाखाको केन्द्र नम्बर ३० राम कालिका महिला विकास केन्द्रका प्रमुख तथा कार्यक्रमका अध्यक्ष सुमित्रा कार्कीले हरेक क्षेत्रमा लघुवित्त संस्थाहरु बढ्दै गएको अवस्थामा सदस्यहरुले अब छान्नुपर्ने दिन आएको बताए।
शाखाको प्रगति विवरण शाखा प्रमुख रजनी पंगेनीले प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा शाखामा उत्कृष्ट कारोबार गरेका केन्द्रहरुलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो भने असल सदस्यलाई प्रशंसापत्रबाट सम्मानित गरियो।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१