पोखरा, १५ वैशाख। पोखरा–११ काहूँमा रहेको थाम कुसुण्डे वन उपभोक्ता समूहको अध्यक्षमा पुनः नारायण प्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् ।
समूहको शनिवार सम्पन्न ३० औं साधारण सभा तथा अधिवेशनबाट उपाध्यक्षमा सावित्री आचार्य, सचिवमा सोमनाथ आचार्य, कोषाध्यक्षमा पार्वती आचार्य र सह सचिवमा लोकराज आचार्य चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा गोपाल प्रसाद आचार्य, भोज बहादुर आचार्य, श्रीकृष्ण आचार्य,विष्णु प्रसाद आचार्य, सावित्री आचार्य, शारदा आचार्य, देवी आचार्य र सितादेवी आचार्य रहेका छन् ।
प्रमुख अतिथि वडा नं.११ क अध्यक्ष मोहन प्रसाद बास्तोलाले कार्यक्रमको उद्घाटन गर्दै समुदायहरुबाटनै वनको संरक्षण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा वडा सदस्यद्वय मिन बहादुर गुरुङ्ग, जङ्ग बहादुर हमाल ठकुरी, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष रेशम बहादुर के.सी.,फूलबारी क्लवका अध्यक्ष हरिश्चन्द्र बास्तोला, चन्द्रेखोरिया वन उपभोक्ता समूहका अध्यक्ष हिरा बहादुर के.सी.,नेपाल रेडक्रस सोसाइटी उपशाखा ११ का सभापति दशरथ आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
समूहका अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सावित्री आचार्य र सञ्चालन सचिव सोमनाथ आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१