मेरो बचत खातामा मेट्रो स्मार्ट कार्ड फ्रि

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७६
om bank banking awarness program photo

पोखरा, १२ वैशाख । ओम डेभलपमेन्ट बैंक लिमिटेडले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ ।

खोलौं खाता अभियान २०७६ अन्तर्गत बैंक खाता नभएका ग्राहकहरुले खोलेको खातामा बैंकको तर्फबाट १०० रुपैंया जम्मा गरिदिने भएको छ ।

पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकलाई नगरक्षेत्र भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निःशुल्क प्रदान गर्नेछ । बैंकले खातामा निःशुल्क रुपमा चेक बुक, अन्तर शाखा कारोवार, बैंक स्टेटमेन्ट, आश्वा सेवाका साथै कर्जामा सहुलियत प्रदान गर्ने जनाएको छ ।

बैंकले केही दिन अघि पोखरा महानगरपालिका, स्थानीय बस ब्यवसायी समिति र एन क्लाउड प्रा.लि. संग स्मार्ट सिटी पोखरा कार्यक्रम अन्तर्गत महानगरमा चल्ने बसहरुमा स्मार्ट कार्ड राख्ने बिषयमा चारपक्षीय सम्झौता गरेको थियो ।सम्झौता अन्तर्गत बैंकले बसहरुमा प्वाईट अफ सेल मेसिन जडान गरिदिने र ग्राहकहरुलाई निःशुल्क स्मार्ट कार्ड बितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width