आइटीएफ तेक्वान्दोमा गण्डकीलाई १ स्वर्ण, २ कास्य पदक

नारायण शाही
वैशाख ९, २०७६
itf-8-750×563

आइटीएफ तेक्वान्दोमा गण्डकी प्रदेशबाट स्वर्ण विजेता सुस्मिता थापामगर।

नेपालगञ्ज, ८ वैशाख। नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ।

आइतबार भएको महिलातर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण पदक दिलाएकी हुन्। उनले प्रदेश नम्बर ३ की निलिमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन्।

त्यसैगरी, पुरुष एकलतर्फ ५१ देखि ५५ केजी तौल समुहमा सागर शम्शेर कुँवर र महिलातर्फको उक्त इभेन्टमा गोमा थारुले कास्य पदक दिलाएकी हुन्।

शनिबारको खेलमा गण्डकी प्रदेशले ३ रजत पदक प्राप्त गरेको मुख्य प्रशिक्षक सुरज सुनारले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width