होटलमा पौडी खेल!

नारायण शाही
वैशाख ९, २०७६
swimming pool_Fotor

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडी पोखरीको काम नसकिदा उक्त स्पर्धाका सम्पूर्ण खेलहरु नेपालगञ्जस्थित एउटा होटलको स्वीमिङ पुलमा हुने भएको छ। नेपालगञ्जस्थित महेन्द्र रंगशाला परिसरमा निर्माणाधीन आठौं खेलकुदका लागि निर्माण गरिएको पौडी पोखरी निर्धारित समयमा निर्माण कार्य नहुँदा पौडीका स्पर्धाहरु नेपालगञ्जको एउटा होटलमा सारिएको हो।

नेपालगञ्जको धम्बोजीस्थित सिंग्नेट होटलमा रहेको स्वीमिङ पुलमा प्रतिस्पर्धा गर्न लागेकोको प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषदले जानकारी गराएको छ। आठौं राष्ट्रिय खेलकुद अन्तरगत पौडीका प्रतिस्पर्धाहरु आइतबारदेखि सुरु गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width