पुरुषतर्फको ह्याण्डबल प्रतियोगिता शुरु

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७६
Boys HandBall (3)

नेपालगञ्ज, ५ वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीबारबाट पुरुषतर्फको ह्याण्डबल खेल शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले नेपालगञ्ज रंगशालामा खेलको प्रतियोगिताको उद्घाटन गरेका हुन् । तिमिल्सिनाले मुख्य रेफ्री पदम विश्वकर्मालाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरे ।

उद्घाटन खेलामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४०–१५को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा कर्णालीका केशव बिष्टले सर्वाधिक ११ स्कोर गरे । गण्डकीको तर्फबाट विशालले ८ कस्कोर गरे ।
विहीबार नै भएको पुरुषतर्फको दोस्रो ह्याण्डबल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन क्लबले क्षेत्र नं ५ लाई ४२–१७ गोलले जित हात पा¥यो ।

पुरुषतर्फको ह्याण्डबलमा ९ टिमको सहभागिता छ । नेपाल प्रहरीको विभागीय टिमले यस संस्करणको प्रतियोगितामा सहभागिता जनाएको छैन ।

प्रतियोगिताको उद्घाटन गर्दै राखेप उपाध्यक्ष तिमिल्सिनाले शिक्षा, स्वास्थ्य र खेलकुदका पूर्वाधारहरुलाई प्रदेशमा लैजान आग्रह गरे । यसअघि, समय समयमा सरकार परिवर्तन भएका कारण खेलकुद क्षेत्रमा सोंचे अनुसार विकास हुन नसकेको तिमिल्सिनाको भनाई थियो ।

‘राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि खेलाडी उत्पादन गर्ने यस अवसरमा खेलाडीहरुले राम्रो प्रदर्शन गर्न आवश्यक छ,’ उनले भने, ‘हाल स्थायी सरकार भएकाले परिषदले राष्ट्रियस्तरमै खेलकुदको उपयोगिता र लगानी बढाएका छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width