पोखरा, २ वैशाख /समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेका पत्रकार अर्जुन गिरी रिहा भएका भएका छन् ।
गिरीलाई पत्रकार महासंघ केन्द्रीय कार्यालयको रोहवरमा मंगलबार बिहान १० बजे केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा हाजिर गराउने शर्तमा छाडिएको हो ।
प्रेस संगठन नेपाल कास्कीका नेता तथा ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई साईवर क्राईमको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखरामा पक्राउ गरेकोमा उनलाई बुद्ध एयरको विमानमार्फत दिउँसो काठमाडौं लगिएको थियो ।
पोखराका ब्यवसायी विपिन बतासले ठगी गरेको समाचार गत चैत २२ मा ताण्डव न्यूजमा प्रकाशित भएको थियो । सोही समाचार ताण्डव न्यूज डटकममा समेत प्रकाशित भएको थियो । यसरी आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत सीआईबीमा उजुरी दिएका थिए ।
समाचार लेखेकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ लगायत पत्रकारसम्बद्ध विभिन्न संघसंगठनले विज्ञप्तिमार्फत बिनाशर्त रिहाइको माग गरेका थिए।
महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा समाचारमा चित्त नबुझे नियमनकारी निकाय हुँदाहँुदै साइवर क्राईमसम्वन्धी उजुरी र पक्राउ गर्ने काम गलत भएको ठहर गरिएको छ । विज्ञप्ति मार्फत पक्राउ परेको पत्रकार गिरीलाई तुरन्त रिहा गर्न समेत माग गरिएको छ ।
पछिल्लो समयमा विभिन्न बहानामा पत्रकार र मिडिया माथि आक्रमण र मनोबैज्ञानिक त्रास उत्पन्न गराउने प्रयास भइरहेको छ यस्ता कार्यप्रति आपत्ति जनाउदै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्बन्धित सवैमा महासंघ कास्कीले आग्रह गरेको छ ।
यस्तै, प्रेस संगठन कास्की, नेपाल प्रेस युनियन कास्की, फोनिज कास्की, खेलकुद पत्रकार मञ्च, रिपोर्टस् क्लब, क्रियाशील पत्रकार महिला लगायतले घटनाको निन्दा गरेका हुन् ।
‘समाचार प्रकाशन र प्रसारणको विषयलाई लिएर चित्त नबुझेमा खण्डन छाप्ने, नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुँदाहँुदै पत्रकारलाई साइबर क्राइमको मुद्दा दर्ता गर्नु संविधानमै व्यवस्था भएको अधिकार विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ ।
गिरीले लेखेको समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशः १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ ।
श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ।
यसैबीच, मनोज श्रेष्ठ र जनकराज पहारीले बतासविरुद्ध ठगीको उजुरी दिएकोे बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१