पोखरा, १ वैशाख। पोखरा–११ स्थित काहूँ कोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिको अध्यक्षमा पुन सु. इन्द्रबहादुर गुरुङ चयन भएका छन्।
समितिको शनिबार सम्पन्न चौथो साधारण सभा एवं दास्रो अधिवेशनबाट उपाध्यक्ष सूर्य बहादुर कार्की, सचिव कुमारबहादुर क्षेत्री र कोषाध्यक्षमा ज्ञानु कार्की चयन भएका छन्। त्यस्तै सदस्यमा इश्वरी प्रसाद आचार्य, सुनील लामिछाने, सावित्री आचार्य, गंगा आचार्य, प्रेम बहादुर गुरुङ र गुरु प्रसाद आचार्य सर्वसम्मत चयन भएका छन्।
प्रमुख अतिथि पोखरा–११ का कार्यवाहक अध्यक्ष मीनबहादुर गुरुङ, वडा सदस्य जङबहादुर हमाल ठकुरी, काहूँ वृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष दीपक प्रकाश आचार्य, धारापानी वन उपभोक्ता समितिका अध्यक्ष कुमारबहादुर क्षेत्री, नेकपा वडा नं ११ का अध्यक्ष नारायण प्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा ११ का सभापति दशरथ आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। समितिका अध्यक्ष सु. इन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष बोधराज घिमिरे र सञ्चालन सचिव काशीनाथ लामिछानेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१