पोखरा, १ वैशाख । देशको स्थायी सरकार कर्मचारी भएकाले उनीहरुले देश र जनताको सेवा इमान्दारिता पूर्वक गर्नुपर्ने इतिहास्विद् प्रा.डा.दीलबहादुर क्षेत्रीले बताएका छन् ।
पृथ्वीनारायण क्याम्पस पोखराका पूुर्व क्याम्पस प्रा. डा. क्षेत्रीले कस्केली अधिकृत समाजद्वारा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गर्दै उक्त कुरामा जोड दिएका हुन् । सरकारी कर्मचारी नेताहरुका पनि गुरु हुन्, नेताहरुलाई प्रशासनिक कुरा थाहा भए पनि कर्मचारीलाई जति ज्ञान नहुन सक्ने भनाई उनको छ ।
उत्त कार्यक्रममा मधुमेह तथा थायराइड रोग सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । एक सदस्यले अर्का सदस्यहरुलाई पुष्प गुच्छा प्रदानगरी नयाँ किसीमबाट नयाँवर्षको शुभकामना आदान प्रदान गरी कार्यक्रम मनाइएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहले बताए ।
स्वास्थ सम्बन्धी प्रशिक्षण समाजका आजीवन सदस्य एवं मधुमेह तथा थायराइड रोग विषेशज्ञ डा. मनोज कोइरालाले प्रदान गरेका थिए । कस्केली अधिकृत समाज वि.स. २०६२ मा स्थापना भएको र नेपाल सरकारको अधिकृत स्तरीय ४ सय भन्दा वढि कर्मचारी आबद्व रहेका छन् ।
सो अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रवल जनसेवाश्री पदकद्धारा विभुषीत भएका समाजका आजीवन सदस्यहरु महेशप्रसाद पौडेल, विष्णुप्रसाद खनाल र मोहनबहादुर थापालाई बधाई तथा शुभकामना पत्रद्धारा सम्मान व्यक्त गरिएको थियो। सम्मानितहरुको तर्फबाट वोल्दै महेशप्रसाद पौडेलले समाजको सम्मानले जनताको सेवामा सर्मपित हुन हौसला तथा प्रेरणा मिल्ने बताए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१