ट्राइयाथलन र प्याराग्लाइडिङ पोखरामै

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७५

पोखरा, २५ चैत। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्राईयाथलन र प्याराग्लाइडिङ प्रतियोगिता पोखरामा हुने भएको छ। यी दुई खेलका कारण गण्डक प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजकमा गनिएको छ।

नेपालगञ्जमा हुने भनिएको ट्रायथोलन पोखरामा सारिएको जानकारी नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका हुन। प्रतियोगिता चैत ३० गते हुनेछ।

‘हामीले प्रदेश ५ को परेवा तालमा ट्राईयाथलन आयोजना गर्ने भनेका थियौं तर उक्त स्थल धार्मिक लगायत अन्य विविध कारणले उक्त स्थानमा हुन सकेन अनि पूर्वाधार भएको पोखरामा गर्ने सोच बनाएका हौं, ’ अध्यक्ष श्रेष्ठले भने।

ट्राइयाथलनका लागि १५ सय मिटरको पौडी पोखरी आवश्यक रहेको हुन्छ तसर्थ हामीले पोखरालाई उचित स्थलको रुपमा लिएका हौं।

अध्यक्ष श्रेष्ठले संघले हरेक वर्ष आयोजना गर्दै आइरहेको एशियन ट्रायथोलन च्याम्यिनसीपलाई अन्तराष्ट्रिय ट्रायथोलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एशिया कपको रुपमा संचालन हुने बताए। २०७६ बैशाख १४ गते दक्षिण एशियामा नै पहिलो पटक ट्रायथोलनको एशिया कप पोखरामै हुँदैछ।

पोखरामा एशिया कपसहित साउथ एशियन ट्राईयाथलन च्याम्पियनसीपसहित २ इभेन्टहरुसँगै संचालन हुनेछन्। साउथ एशियन ट्राइयाथलन च्याम्पियनशीप भने सातौं पटक हो। एशिया कपका लागि एशियाबाट मात्रै नभइ विश्वभरिका ट्राईयाथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए। चैत ३० गते हुने राष्ट्रिय खेलकुदबाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनौट गरिने छ।

प्रतियोगितामा ट्राइयाथलन, दुआथलन र मिक्स टिम रिले गरि तिन वटा इभेन्टहरु हरु हुने अध्यक्ष श्रेष्ठले बताए। जसमा ट्राईयाथलनअन्तर्गत स्प्रीन्टमा साइक्लीङ २० किलोमिटर, फेवातालमा स्वीमिङ ७५० मिटर ५ किलोमिटरको दौड हुनेछ भने दुआथोलन स्प्रिन्टमा ५ किमी दौड, २० किलोमिटर साइक्लीङ, २.५ किलोमिटरको दौड हुनेछ। मिक्स डबल्समा २/२ जना महिला र २/२ जना पुरुषको टिमले प्रतिष्पर्धा गर्नेछन्। आयोजकले प्रतियोगिताको लागि गौरीघाटदेखि मुस्ताङचोकसम्म तोकेको छ। खेलमा ४७ जना खेलाडीको सहभागिता रहनेछ। ट्राइयाथलनमा सोझै खेल्ने अवसर भएकोले पनि खेलाडीको संख्या बढ्न सक्ने श्रेष्ठले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width