ज्ञानमाला जागरणका लागि राष्ट्रिय समिति पोखरामा

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७५
Gyan Mala_Fotor

पोखरा, २४ चैत। भगवान बुद्धका शास्वत सन्देशलाई ज्ञानमाला भजनका माध्यमबाट जनजनमा पुर्याउन जागरण अभियानसहित नेपाल राष्ट्रिय ज्ञानमाला समिति पोखरामा आएको छ।

उक्त समितिको सम्मानमा धर्मशीला बुद्धविहार नदीपुर पोखराले आइतवार समारोहसहित ज्ञानमाला भजन कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा राष्ट्रिय समिति र ज्ञानमाला पोखराले बुद्ध भजन प्रस्तुत गरेका थिए।

समारोहलाई सम्वोधन गर्दै राष्ट्रिय समिति अध्यक्ष एवम् कलाकार रमना श्रेष्ठले २०५१ साल चैत्र १८ गते स्थापना भएको ज्ञानमाला समितिको यस वर्ष रजत वर्ष समेत भएकोले विविध कार्यक्रमहरु आयोजना गरिने बताइन्।

उनले विभिन्न क्षेत्रमा निस्कृय रहेको ज्ञानमाला संघलाई सक्रिय बनाउने अभियानसमेत चालिएको जानकारी दिइन्। साथै उनले पोखरापछि लगत्तै समिति बागलुङ र म्याग्दी पुग्ने बताइन्।

स्वागत मन्तव्य राख्दै ज्ञानमाला संघ पोखराका निवर्तमान अध्यक्ष विक्रम उदासले नेवारी भाषामा मात्रै गाइने गरेको ज्ञानमाला भजन पोखराले नेपालीमा पनि गाउने परम्परा शुरु गरेको बताए। साथै उनले गुरुङ, तामाङ आदि भाषामा पनि बुद्ध भजन बनाउनु पनेर्मा जोड दिए।

ज्ञानमाला संघ पोखराका अध्यक्ष श्याम शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन उपाध्यक्ष तेजेन्द्र शाक्यले गरेका थिए।

कार्यक्रममा धर्मानुशासक संघ नायक भिक्षु अश्वघोष महास्थिवीरप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width