ग्यास सिलिण्डर पड्किँदा चार घाइते

रासस
चैत्र १८, २०७५
LPG Cylinder Explosion

सर्लाही, १८ चैत । हरिपुर नगरपालिका–९ पिडारी बजारमा सोमवार बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् ।

बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग पुग्दा आगलागी हुनपुगेको थियो । फर्निचरबाट सल्किएको आगो चन्देश्वर साहको मासु पसलमा लाग्दा त्यसमा रहेको ग्यास सिलिण्डर पडकिँएर चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिलिण्डर पडकिँदा हरिपुर नगरपालिका–९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका–१ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाँहिने खुट्टा जलेको छ । सिलिण्डरबाट उछिटिएका टुक्रा लगेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मञ्जुर अन्सारीको खुट्टा भाँच्चिएको छ । घाईतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

आगलगीमा परी फर्निचर उद्योग, चन्देश्वर र शत्रुधन साहको मासु पसल, रामपरी देवीको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसैगरी बजारमै रहेको साना किसान सहकारी संस्थाको घरमा पनि क्षति पुगेको स्थानीय कामेश्वर सिंहले जनाकारी दिनुभयो । स्थानीय, बारुणयन्त्र र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको छ ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width