शैक्षिक कार्यक्रम आदान प्रदानमा हस्ताक्षर

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७५
news photo

पोखरा, १८ चैत ।  पोखरा फूलवारी स्थित शिवशक्ति क्याम्पस र नेदरल्याण्ड केपीजे विश्वविद्यालयवीच शैक्षिक कार्यक्रम आदान प्रदान गर्ने समझदारी भएको छ ।

शिवशक्ति क्याम्पसका अध्यक्ष दामोदर वास्तोला र केपीजेका प्रमुख यान हाइमन्स तथा दर्शन अध्ययनका प्रोफेसर वर्ट टोलाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

सहमति पत्रमा त्रिभुवन विश्वविदालयका वि.एड. कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्धारित पाठयक्रमका अतिरिक्त बर्षका २ पटक केपीज विश्वविदालयका दक्ष प्रशिक्षकहरुबाट बिशेष तालिम हुने र सो तालिममा विद्यालयहरुमा अध्ययनरत शिक्षकहरु पनि सहभागी हुन पाउन छन् ।

चार बर्षको विएड कार्यक्रममा थप १०० क्रेडिट बराबरका अतिरिक्त प्रमाणपत्र प्रदान गरिने प्रावधान रहेका बताइएको छ । एक्काइसौ सताब्दीका विश्व नागरिक उत्पादन गर्ने अभिभारा रहेको शिक्षकहरुलाई थप दक्ष र सहकार्यात्मक पद्दतीबाट पढाउन सक्ने प्रतिस्पर्धी बनाउन र शिवशक्ति क्याम्पसलाई शिक्षक तालिमको हव नाइ यहाँबाट उत्पादित शिक्षकहरुबाट हाल बजारमा देखिएका दक्ष शिक्षकको अभावलाई सम्बोधन गर्ने कुरामा विश्वास लिइएको छ ।

पोखरा महानगरपालिकाका वडा नं. ११ का वडाध्यक्ष मोहन बास्तोला उपस्थित रहेको शिवशक्ति क्याम्पस र केपीजे विश्वविद्यालय वीच शैक्षिक कार्यक्रम गर्ने सम्झौता भएको हो ।

उक्त कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य पदाधिकारीहरु, क्याम्पस प्रमुख, शिक्षक सीप विकासका पदाधिकारी लगायतको उपस्थिति रहेका थियो भने कार्यक्रम संस्थाका प्रवक्ता युवराज त्रिपाठीले संचालन गरेका थिए ।

टिचर्स इन पोखरा शिक्षक तालिम तथा कार्यशाला गोष्ठीको पूर्व सन्ध्यामा २ वटा शैक्षिक संस्था वीच सम्झौता गर्ने अवसर जुरेको संस्थाका सचिव प्रेमबहादुर कुँवरले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width