तम्घास, १७ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताएका छन् ।
सभापति देउवाले भने –सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख रहेको छ । नेपाली काङ्ग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा पार्टी सभापति देउवाले उक्त विचार व्यक्त गरेका हुन् ।
जनतालाई सुशासन दिइ उनीहरुको आर्थिकस्तर माथि उकास्नुको साटो वर्तमान सरकार जनतालाई कर बढाएको बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सङ्घीयता र संविधानको विरुद्धमा गएको आरोप लगाए ।
वर्तमान सरकार राष्ट्रवादको भ¥याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको टिप्पणी उनको छ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइराला र सहमहामन्त्री प्रकाशशरण महतलगायतका केन्द्रीय नेताहरुले सरकारको आलोचना गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१