लमजुङ, १६ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले शिक्षा क्षेत्रका बढी रहेको आवश्यकता र चुनौतीलाई ध्यानमा राखेर उच्च शिक्षाका लागि अबको पाँच दश वर्षमा पिएचडी अनिवार्य हुन सक्ने स्थिति बनिरहेको आफूले देखेको बताएका छन् । लमजुङको जिल्ला सदरमुकाम बेसीशहर स्थित जनविकास कलेजको नवौं साधारणसभाको उदघाटन गर्दै खनियाले शनिबार त्यस्तो बताएका हुन् ।
उदघाटन मन्तव्यमा उनले उच्च शिक्षाका लागि अबको पाँच दश वर्षमा पिएचडी अनिवार्य हुन सक्ने स्थिति बनिरहेको छ, यो पनि गुणस्तरीय शिक्षाका लागि थप पाइला हुन सक्ने बताए । उनले भने, ‘विश्वका करिब ३० हजार विश्वविद्यालयहरू रहेका छन्, गुणस्तरका हिसावले तीमध्ये एक हजार भित्र त्रिवि पर्न सफल भएको छ यो गौरवको विषय हो ।
यो प्रतिफल गत वर्षको हो भन्दै उनले सहभागी विद्यार्थीलाई संकेत गर्दै भने ‘यदि तपाई बाह्य मुलुकमा अध्ययनका लागि जान चाहनु हुन्छ भने विश्वका टप एक सय ५० कजेलमा जान सक्ने गरी साझेदारी गरिएको छ, यो पनि नेपालका लागि गौरवको विषय हो ।’ त्रिवि रहेको क्षेत्रफलमा २५÷३० वटा विश्वविद्यालय चलाउन सक्ने क्षमता रहेको औंल्याउँदै उनले भने ‘विश्वमा यतिधेरै सञ्जाल भएको विश्वविद्यलय समेत दोस्रो पाउन कठिन छ, त्रिविले मुलुकका ७७ जिल्ला मध्ये मनाङ बाहेक अन्य सबै जिल्लामा आफ्ना शाखा विस्तार गरेको छ, यो अर्को उपलब्धि हो ।’
पहिलो हुने विद्यार्थी र फेल हुने विद्यार्थीको प्रतिभाका वीचमा ठूलो अन्तर नरहेको बताउँदै क्याम्पसको मूल्यांकनमा एउटा विद्यार्थी पहिलो भयो तर फेल हुने विद्यार्थीको प्रतिभा क्याम्पसले चिन्न नसकेको कारणले ऊ फेल हुन गएको हो । त्यसैले आज यहाँ मैले विद्यार्थीबाट विविध प्रकारका जुन प्रतिभाहरू नाटक, नाच, गायन तथा मुक्तक आदि देख्ने मौका पाएँ त्यसलाई समाजले उपयोग गर्न सक्नु पर्छ खनियाले उल्लेख गरे । यस कलेजका विद्यार्थीमा संख्याभन्दा गुण भएको आफूले पाएको र त्यही गुणस्तरका लागि त्रिविले चिन्ता गरिरहेको उनले बताए ।
लमजुङ जन्म थाले समेत रहेका खनियाले आफूले जन्मथालोको शीर उचा र गर्व गर्न लायकको काम गरेको बताउँर्दै आफू, जन्मथालो, क ख चिनेको भूमि तथा गुरुप्रति कृतज्ञता अर्पण गर्नका लागि आएको छु । लमजुङबासीहरुकै आशीर्वादले यो स्थानमा छु, तपाईहरूको शिर निहुराउने काम गर्ने छैन उनले प्रतिवद्धता व्यक्त गरे । वर्तमानमा घरमै वसेर प्लस टुसम्मको अध्ययन गर्न सक्ने परिस्थितिको निर्माण आफ्नै सोचको उपज भएको उनले दावी गरे ।
सरकारले लिएको शिक्षा नीतिका बारेमा टिप्पणी गर्दै उनले भने ‘प्रतिवेदन र निर्णयमा हतार गरेको जस्तो देखिन्छ, यसको कार्यान्वयन तथा व्यवस्थापनमा चुनौति सिर्जिने सम्भावना छ तर अब हामी सबैले यसलाई साथ दिएर सफल बनाउनेतर्फ लाग्नु पर्छ, विकल्प खोज्नतिर लाग्नु हुन्न ।’
उक्त अवसरमा त्रिविको शिक्षा संकायका डिन कृष्णप्रसाद गौतमले मुलुकमा तीन थरी कलेज रहेको बताउँदै सरकारी स्वामित्व, सरकारी जग्गामा सरकारकै लगानीमा भौतिक पूर्वाधार तयार गरिएका क्याम्पस, चन्दा दान दातव्यले चलेका क्याम्पस र व्यक्तिको लागनीबाट समाज सेवा र सामाजिक परिवर्तनका लागि चलेका क्याम्पस छन् । तीमध्ये यो जनविकास कलेज तेस्रो नंवरमा पर्दछ र यसका लागि गरेको लगानी जग्गा वा अन्य व्यवसायमा लगाएको भए लाखौं मुनाफा आर्जन हुन सक्थ्यो, त्यो लोभ नगरी समाज र भविष्यमा असल नागरिक उत्पादन गर्ने अभिलाषाले जे काम गर्नु भयो यस कलेजका शेयर सदस्यप्रति कृतज्ञता अर्पण गर्दछु भने ।
द
क्षिण कोरियाले ३५ वर्षको अवधिमै अतिविकसित मुलुकमा दर्ज भएको उदाहरण दिदै गौतमले देशको विकासका लागि अन्य क्षेत्रभन्दा बढी मात्रामा शिक्षाको विकास हुनुपर्नेमा जोड दिए । उनले नागरिकलाई शिक्षित, योग्य, कर्तव्यवोध गराउन नसक्दा हाम्रो मुलुक पछि परेको हो भने । त्यसको अर्को कारणमा शिक्षा क्षेत्रमा सरकारको कम लगानी तथा ध्यान जानु हो भन्दै उनले २०४६ साल पछि बनेका कुनै पनि सरकारहरू पनि दोष मुक्त नभएको तर्क गर्दै अबका दिनमा लागनी खेर जान दिन हुँदैन भने ।
‘गुणस्तरीय शिक्षा जनविकास कलेजको प्रतिवद्धता’ भन्ने नाराका साथ आयोजना गरिएको साधारणसभा सोही कलेजको सञ्चालक समितिका अध्यक्ष गणेशप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रतिनिधि नन्दलाल विक, बेसीशहर नगरपालिका– ८का वडाध्यक्ष पवित्रा थापा राना, रेडक्रश जिल्ला शाखाका अध्यक्ष दिपक बराल, सोही कलेजका संस्थापक सदस्य एवम् व्याब्सनका पूर्वकेन्द्रीय उपसभापति बाबुराम पौडेल, सञ्चालक सदस्यत्रय रत्नमान श्रेष्ठ, तेजनारायण अधिकारी, नारायण घिमिरे सहितले शुभकामना व्यक्त गरे ।
क्याम्पसका प्रमुख सुरेश बरालले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कलेजको वर्तमान अवस्था, शैक्षिक गतिविधि र भावि कार्यदिशा प्रस्तुत गरेका थिए । कलेजका सहप्राध्यापक अमृत सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालक सोही कलेजका विद्यार्थी द्वय सन्तोष घिमिरे र सम्झना अधिकारीले सञ्चालन गरेका थिए ।
सो अवसरका छात्रछात्राले ‘सपना’ सन्देश मुलक सामाजिक नाटक प्रदर्शन गर्नुका साथै विभिन्न नृत्य तथा गीत, मुक्तक आदि प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१