चितवन, १६ चैत । पत्रकारिता क्षेत्रको इतिहासलाई संस्थागत विकासका लागि एकीकृत भएर लाग्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले शनिवार यहाँ आयोजना गरेको पूर्व अध्यक्ष सम्मान एवम् संस्थागत विकासको सवाल विषयको छलफलमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले समाज परिवर्तनसँगै पत्रकारिता क्षेत्रको संस्थागत विकासलाई पनि सँगसँगै लैजानुपर्ने बताए ।
महासंघका केन्द्रीय सदस्य सृजना अर्यालले अहिलेको समयमा क्षमता र संस्थागत विकास दुवैको विकास आवश्यक रहेको बताए । महासंघका अर्का केन्द्रीय सदस्य कृष्ण गिरीले पत्रकारिता क्षेत्रको संस्थागत विकाससँगै समाज रुपान्तरणका लागि पत्रकारले उल्लेखनीय भूमिका खेल्नु पर्ने बताए । पूर्व अध्यक्ष महेन्द्रराज श्रेष्ठ, जनक अर्याल, कृष्ण गिरी, हरिप्रसाद पोख्रेललाई सम्मान गरिएको थियो । महासंघको ६४ औं स्थापना दिवसका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१