पोखरा, १६ चैत । शुक्रवार साँझ देखि नै पोखरा तथा देशका धेरै भागमा मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, पोखरा उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।
महाशाखाकी मौसमविद् मञ्ज बासीका अनुसार शनिवार देशभरजसो दिनभर वर्षा हुने सम्भावना छ। विशेषगरी काठमाडौं तथा पोखरा उपत्यकासहित मध्य, पश्चिमी तथा पूर्वी भेगमा मेघ गर्जनसहित पानी पर्ने देखिएको छ। ‘मौसमचाहिँ दिनभर देशभर नै बदली हुनेछ। पानी पर्ने र बीच–बीचमा रोकिने देखिन्छ।’
प्रि–मनसुन जारी रहेकाले हावाहुरी आउनु तथा चट्याङ पर्नु स्वाभाविक र नियमित प्रक्रिया भएको मौसमविद् बासीले बताइन्। यस्तै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम खुल्न अझै एकदुई दिन लाग्ने मौसमविद् बासीले जानकारी दिइन्। उनले भनिन् ‘मौसम अझै एकदुई दिन डिस्टर्ब नै देखिन्छ। यो भारत बिहारमा देखिएको न्यून चापीय रेखा र पश्चिमी वायुका बाँकी अंशको प्रभावले हो।’
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१