धनकुटा, १४ चैत । नेपाल नेत्र ज्याति संघ र नेपाल पत्रकार महासंघको स्थापनादिवसको अवसरमा विहीवार धनकुटामा संचालन गरिएको निःशुल्क आँखाशिविरमा अधिकाशं पत्रकारको आँखा कमजोर देखिएको छ ।
नेपाल नेत्र ज्योति संघको ४१ औं स्थापनादिवस र नेपालपत्रकार महासंघको ६४ औं स्थापनादिवसको अवसरमा नेपाल नेत्र ज्याति संघ धनकुटा र नेपालपत्रकार महासंघ धनकुटाको संयक्त आयोजनामा पत्रकारहरुका लागी डा. राम प्रसादपोखरेल आँखा अस्पतालमा संचालन गिरिएको निःशुल्क आँखाशिविरको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले एक समारोहका वीच उद्घाटन गर्दै पत्रकारहरु समाजका ऐनाभएकोले पत्रकारहरुको आखाशिविर संचालनगर्नु उदाहणीय भएको बताए ।
उक्तशिविरमा धनकुटाका७४जना पत्रकारहरुको आँखा परिक्षण गरिएकोमा ३१ जनालाई चस्माका लगाउन पर्ने भएको र अन्यलाई औषधिवितरण गरीएको नेपाल नेत्र ज्योति संघ धनकुटाका प्रचार प्रसार समितिका संयोजक तथ ाशिविर समन्वय समितिका संयोजक विजय सन्तोषी राईले बताए ।
नेपाल नेत्र ज्योति संघ धनकुटाका सभापति दोर्ण गुरागाईको अध्यक्षतामा संचालन भएको शिविर उद्घाटन कार्यक्रममा नेपालपत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठले अाँखा जस्तो संवेदनशील अङ्गभएकाले आँखा उपचारलाई पहिलो प्राथिमितामाराख्नु पर्ने बताए । उक्त अवसरमा डा.रामप्रसादपोखरेल आँखा अस्पताल धनकुटाका डा. इशा विष्टले आँखा जाँच गरेका थिए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१