लमजुङ, ११ चैत । लमजुङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा कार्तिक महिनासम्म जिल्लामा ४० जना क्षेयरोगका विरामी फेला परेका छन् । विगतका वर्षको तुलनामा यो सँख्या कम हो तर पनि यो रोगको नियन्त्रणमा अझै पनि चुनौति रहेको जनस्वास्थ्य कार्यालयले पत्रकार भेटघाट कार्यक्रम गरी जनाकारी दिएको हो ।
गत आर्थिक वर्ष २०७४÷७५ को अवधिमा जिल्लामा एक सय ४२ जना क्षयरोगका विरामी फेला परेका थिए । आर्थिक वर्ष २०७३÷७४ मा एकसय ४९ जना विरामी भेटिएका र आ.व. ०७२÷७३ मा एकसय ५६ जना क्षयरोगका विरामी फेला परेको जिल्ला जन स्वास्थ्य कार्यालयको रेकर्डमा देखिएको सो कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले बताए । उनका अनुसार यो तथ्याँक क्षयरोगका विरामीहरु अस्पतालसम्म आएकाहरुको मात्र हो । स्वास्थ्य सँस्थाको पहुँचमा नआएका ग्रामीण भेगहरूमा अझ धेरै क्षयरोगका विरामी हुन सक्ने अनुमान गरिएको चापागाईले बताए ।
औषधि सेवन नियमीत नहुँदा रोग झन जटिल हुने भएकोले जिल्लामा डट्स विधि अनुसार स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानिमा विरामीहरुलाई औषधि सेवन गराइदै आएको उनले बताए । हाल लमजुङमा जिल्ला अस्पतालबाट मात्रै १३ जनाले औषधि लिदै आएका छन् । हाल स्वस्थ्य सम्वन्धी सवै कार्यक्रम स्थानीय तहमा गएको हुँदा अव स्थानीय तहमार्फत स्वास्थ्य सेवाका साथ यस रोगका बारेमा सचेतनाका कार्यक्रम प्रभावकारी बनाउन सके क्षयरोगका विरामी घट्ने विश्वास गरिएको उनको भनाई छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१