पोखरा, ८ चैत । पोखरा –१३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुगे तर सिक्ने मन बूढो हुँदैन भन्दै बोल्ने कला तालिममा सक्रिय सहभागी भएका छन् ।
जुरेभुमे तप्रे तमु समाजको आयोजना तथा महिला उद्यमी पवित्रा गुरुङको आर्थिक सहयोगमा सञ्चालित पाँचदिने उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी उनले समापन समारोहमा सिक्ने कुरा बाँचुञ्जेल कहिल्यै पूरा नहुने बताए ।
“हाम्रा पालामा यस्तो अवसर कहाँ पाउनू, बोल्न नसक्दा र आफ्ना कुरा राख्न नसक्दा धेरै दुःख पायौँ पञ्चायतका पालामा”, आफ्नो विगत सम्झँदै अहिले पनि बोल्ने र आफ्नो कुरा भन्ने रहर नमेटिएको उनले बताए । उनीजस्तै जस्तै अन्य सहभागीले पनि तालिमबाट धेरै कुरा सिकेको भन्दै बोल्न पनि कला चाहिने रहेछ भन्ने आफ्नो अनुभव सनाए ।
तालिम समापन समारोहमा गण्डकी प्रदेशका सदस्य एवं हङकङ ब्यूटी इन्ष्टिच्यूटका सञ्चालक मीना गुरुङले बोल्ने कुराले आत्मविश्वास जगाउने भन्दै सामाजिक क्षेत्रमा मात्रै नभई घरपरिवार एवं समाजमा पनि बोल्ने कला आवश्यक रहेको बताइन् ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१