पोखरा, ६ चैत । कास्कीको रुपा गाउँपालिका वडा नं. ६ मोहोरियास्थित सिद्धार्थ स्मृति भलिवल मैदानको स्तरोन्नति गरिने भएको छ ।
भलिवलका क्षेत्रमा यस अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै भलिवलका वर्तमान राष्ट्रिय टिम क्याप्टेन ईमबहादुर रानामगरलाइ कदर गरेको छ । यस खेलमैदानको स्तरोन्नतिका लागि रुपा गाउँपालिकाको पाँच लाख रुपैया छुट्याएको छ ।
जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले उक्त निर्माण कार्यको शुभारम्भ गर्दै खेलको माध्यमबाट पर्यटनको विकासका साथै समृद्धिसँग जोडिनुपर्ने आवश्यकता औल्याए ।
रुपा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरू स्थापनाका लागि समन्वय समितिको कोषबाट चार करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाका अन्तर्गत एक वडा एक खेलमैदान निर्माण कार्य तिब्ररुपमा भई रहेको उल्लेख गर्दै खेलमैदान निर्माण गर्न ३५ लाख रुपैया विनियोजन गरिएको जानकारी दिए ।
खेलमैदान उपभोक्ता समितिका अध्यक्ष सन्दीप गुरुङका अनुसार ग्रामीण क्षेत्रको महत्वपूर्ण एवम् लोकप्रिय खेल भलिवल खेलको विकासको लागि भौतिक पूर्वाधारको खाँचो औल्याए ।
गाउँपालिकाका केन्द्रमा रहेको सो भलिवल खेल मैदान फराकिलो वनाउने कार्य भई रहेको सिद्धार्थ क्लवका अध्यक्ष जीवबहादुर थापाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१