नवलपरासी, ६ फागुन । पूर्वी र पश्चिम नवलपरासी गरी नवलपरासीका ४ सय ६८ घर भूकम्प पीडितले नयाँ घर पुननिर्माणका लागि तेस्रो किस्ता रकम लिएका छन् ।
सरकारले भूकम्प प्रभावितलाई निजी आवास अर्थात घर पुननिर्माणका लागि प्रति घर ३ लाख रुपैयाँ प्रदान गर्छ । ति मध्ये पहिलो किस्ता ५० हजार रुपैयाँ, दोस्रो किस्ता १ लाख ५० हजार रुपैयाँ र तेस्रो किस्ता १ लाख गरी ३ लाख रुपैयाँ भुक्तान पाउने व्यवस्था मिलाएको छ ।
नवलपरासीमा भूकम्पबाट पूर्ण क्षति भएको घर ८ सय ७२ घर मध्ये ८ सय ७० परिवार भूकम्प पीडितले सम्झौता गर्न आएकोमा अहिलेसम्म ५४ प्रतिशत अर्थात ४ सय ६८ घरपरिवारले तेस्रो किस्ताको रकम लगेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कावासोतीका प्रमुख राजेन्द्र कार्कीले बताए ।
नवलपरासीमा यस कार्यालय ढिलो स्थापना भएको कारण भूकम्प पीडितलाई रकम हस्तान्तरणमा ढिलो भएको कार्कीले बताए । सम्झौता गर्न आएका ८ सय ७० घरपरिवार मध्ये ८ सय ७० घरले नै पहिलो किस्ता लगिसकेको छन् भने ७ सय ६० घरले दोस्रो किस्ता रकम लगेका छन् । कार्कीका अनुसार भवन निर्माणको सम्पूर्ण काम सकेर छानो अर्थात टिन लगाउन बाँकी भएकालाई निजी आवास पुननिर्माणको अनुमगन गरी तेस्रो किस्ता रकम दिने गरिन्छ ।
नवलपरासीमा २ घर भूकम्प पीडित परिवारले सम्झौता नै गर्न आएका छैनन् भने अझै चार सय २ घरले तेस्रो किस्ताको रकम लिन बाँकी नै छ ।
पूर्वी नवलपरासीमा ८ सय ५५ घर र पश्चिम नवलपरासीमा १७ घर पूर्ण रुपमा क्षति भएको पहिचान गरी नवलपरासीमा राज्यले ८ सय ७२ घर भूुकम्प प्रभावितलाई निजी आवाज पुननिर्माणका लागि प्रतिघर ३ लाख रुपैयाँ लिन आउनका लागि सम्झौता आव्हान गरेको थियो ।
ती मध्ये ८ सय ७० घर भुकम्पप्रभावित मात्र सम्झौता गर्न आएको र उनीहरुले घर निर्माण पनि शुरु गरेको कार्कीले बताए । नवलपुरमा सबैभन्दा बढी बुलिङ्गटार गाउँपालिकामा २ सय ६० घर भूकम्प पीडित पहिचान गरिएको छ । त्यसैगरी कावासोती नगरपालिकामा ४, गैडाकोट नगरपालिकामा ४९, देवचुली नगरपालिकामा १ सय ७७, मध्यविन्दु नगरपालिकामा ८५, बुङ्दीकाली गाउँपालिकामा ७५, विनयी त्रिवेणी गाउँपालिकामा ६६ र हुप्सेकोट गाउँपालिकामा १ सय ३९ घर भूकम्प पीडित पहिचान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१