ट्रक दुर्घटनामा एकको मृत्यु, चार घाइते

रासस
चैत्र ५, २०७५
mk-pa-truck-accidents-full

मुग्लिन, ५ चैत । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट मंगलवार बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको र मृततको परिचय खुल्न नसककेो इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई महिला रहेका छन् । ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै