लहान, २ चैत । हावाहुरीसँगै सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा आज दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट हुँदा करीब रु२६ लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदाँ सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।
लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुल्न नसकेको स्थानीयको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१