पोखरा, २८ फागुन । कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित खगराज अधिकारीले विजयपुर खोलामाथि रहेको पुल मर्मतको समयमा अनावश्यक भार नदिन र वैकल्पिक सडक तुरुन्त व्यवस्था गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई आग्रह गरेका छन् ।
मंगलबार गण्डकी प्रदेश सांसद दीपक कोइराला, प्रमुख जिल्ला अधिकारी बुढा, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना लगायतको टोली सहित विजयपुर पुगेका सांसद अधिकारीले चकेर्को पुलको निरीक्षण गरेका हुन् ।
‘पुल मर्मतक्रममा जनताले सास्ती भोग्न नपरोस् र यसका लागि प्रशासनले तत्काल वैकल्पिक व्यस्था गरिनुपर्दछ’, पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद अधिकारीले भने ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले नेपालमा निर्माण भएका स्टिल ब्रिजमा यस्तो समस्या आएको पहिलो पटक रहेको जानकारी दिए ।
विसं २०५९ सालमा निर्माण शुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो ।
सांसद अधिकारीले गत फागुन २६ गतेको प्रतिनिधिसभा बैठकमा चकेर्को पुलको विषयमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१