लमजुङ, २७ फागुन। वेशीशहर नगरपालिका–११ चिति तिलाहारको शिद्देश्वोर महादेव मन्दिरमा सञ्चालन गरिएको शिवपुराण ज्ञान महायज्ञमा ३० लाख रुपैयाँ दान संकलन भएको छ। संविधानसभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा महायज्ञका मुख्य चन्दादातालाई सम्मान गर्न आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो।
मन्दिर परिसरलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बनाउने उद्देश्यले नौ दिनसम्म महायज्ञ सञ्चालन गरिएको थियो। सो अवसरमा दर्शन गर्न आउनु भएका श्रद्धालु भक्तजनले चढाएको भेटी तथा दानबाट ३० लाख रुपैयाँ संकलन भएको आर्थिक संकलन उपसमिति संयोजक शिवप्रशाद जोशीले बताएका हुन् ।
प्रमुख अतिथि घलेले धर्मकर्महरू भड्किलो, महंगो र झन्झटिलो नभएर सरल हुनुपर्ने बताए। उनले समाजमा धार्मिक आस्था र विश्वासले समाजमा नैतिकता, ईमान्दारिता असल संस्कार र आचरको विकास गर्ने हुनाले धार्मिक ज्ञानको बारेमा अध्यान र त्यसलाई ब्यावहारमा उतार्नु पर्नेमा जोड दिए।
वेद अनुयायी संस्थापक श्रीशान्ति स्वरुपानन्द दामोदर बाबाले ब्रामणहरूलाई ब्राह्मणले गर्ने कर्महरू गर्न तर लोभ नगर्न पनि आग्रह गरे। धर्मका नाममा हुने शोषण, छुवाछूत, भेदभाव गलत रहेको भन्दै यसले धार्मिक आस्था र विश्वासमा विचलन ल्याउने हुनाले सजक रहनुपर्नेमा जोड दिए।
महायज्ञ प्रचार प्रसार उपसमिति संयोजक वासुदेव सेढाईले महत्वपूर्ण र ऐतिहासिक मन्दिर ओझेलमा परेको भन्दै स्थानीयहरूको सक्रियतामा शिवपुराण महायज्ञ गरिएको बताए ।
कार्यक्रममा महायज्ञ मूलआयोजक समिति अध्यक्ष एवं वेशीशहर–११ का वडा अध्यक्ष अचुतबाबु बगाले, मन्दिर व्यवस्थापन समिति अध्यक्ष शुभानिधि पाण्डे र आर्थिक संकलन उपसमिति संयोजक शिवप्रसाद जोशीले धार्मिक कार्यबाट मन्दिर बनाउने जस्तो पवित्र कार्यको लागि भनेर उठाएको रकम हिनामिना हुन नदिने सामूहिक प्रतिबद्धता ब्यक्त गरेका थिए।
समापन कार्यक्रममा ५ हजार र सोभन्दा माथिको रकम दान गर्ने दातालाई सम्मान गरिएको थियो भने साहित्य समाजका अध्यक्ष स्थिर घिमिरेले साहित्यिक कविता प्रस्तुत गरे । वेशीशहर नगरपालिका– ११ का वडा अध्यक्ष अचुतबाबु बगालेको अध्यक्षतामा भएको सञ्चालन आर्थिक उपसमिति संयोजक शिवप्रशाद जोशीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१