पोखरा, २१ फागुन। नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले स्थापना दिवसको अवसरमा मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पोखरालाई पानी शुद्धिकरण गर्ने मेशिन (युरोगार्ड) सहयोग गरेको छ।
नेपाल ट्रेड युनियन काँग्रेसको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पानी शुद्धिकरण गर्ने मेशिन सहयोग गरेको हो।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीकी निर्वतमान अध्यक्ष कुलदेवी बराल, सल्लाहकार माधव बराल र कास्कीका अध्यक्ष विजयराज भण्डारीले संयुक्त रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाल ट्रेड युननिय काँग्रेस राष्ट्रिय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले ट्रेड युननियन काँग्रेस सधै श्रमिकका पक्षमा वकलात गर्दै जाने बताए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले ट्रेड युनियन काँग्रेसको सहयोग प्रति आभार व्यक्त गरे।
नेपाल ट्रेड युनियन काँग्रेस गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाल मजदुर संघका नाममा २००३ सालमा स्थापना भएको हो। नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमलबहादुर सापकोटाले स्वागत र सचिव रुद्र तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१