निःशुल्क स्वास्थ्य परीक्षण

आदर्श समाज संवाददाता
फागुन १८, २०७५
DSC_0397


पोखरा, १८ फागुन । श्रीवृद्धि वचत तथा ऋण सहकारी संस्थाले शनिवार निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

मधुमेह, मिर्गौला, मोटोपन सम्वन्धी स्वास्थ्य जाँच गरिएको संस्थाका अध्यक्ष मिनवहादुरु गुरुङले जानकारी दिए । उक्त स्वास्थ्य जाँच कार्यक्रममा १२३ जनाको स्वास्थ्य परीक्षण गरिनुको साथै स्वास्थ्य सम्वन्धी सचेतना प्रदान गरिएको थियो । चिकित्सक सुरेश बराल, विद्या रंगनाथ कायस्थ, स्वासथ्य जाँच र स्वास्थ्य सचेतना प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width