काठमाडौँ, १५ फागुन । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले कुवेतसँग खेल्दैछ ।
थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपाल आठ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने कुवेतले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।
ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित छनोटमा शीर्षस्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड र युएई गरी तीन टोलीले ग्लोबल छनोटका लागि दावी पेश गरिरहेका छन् । विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपाललाई अन्तिम खेल जित्नै पर्ने बाध्यता छ । त्यति मात्र नभई नेपालका लागि थाइल्याण्ड र यूएईबीच हुने खेलको नतिजासमेत आफूअनुकूल आउनुपर्नेछ ।
पाँच खेलमा शतप्रतिशत जितसहित १० अङ्क जोडेको थाइल्याण्ड शीर्षस्थानमा छ । पाँच खेलमा चार जित निकाल्दै युएई अङ्क तालीकाको दोस्रो स्थानमा छ । त्यसैले नेपाललाई ग्लोबल छनोटमा पुग्न कुवेतमाथि फराकिलो जितले मात्र पुग्ने छैन, थाइल्याण्ड र युएईको खेल पनि महत्वपूर्ण हुनेछ । अन्तिम खेलमा थाइल्याण्डले युएइसँग प्रतिस्पर्धा गर्दैछ । युएईविरुद्धको खेल थाइल्याण्डले जितेमा आयोजक ग्लोबल छनोटमा पुग्नेछ । थाइल्याण्ड पराजित भएमा नेपाल, थाइल्याण्ड र यूएइमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ ।
भर्खरै प्राप्त जानकारी अनुसार टस हारेर शुरुआती ब्याटिङको निम्तो पाएको नेपालले कुवेतविरुद्ध निर्धा्रित २० ओभरमा सात विकेटको क्षतिमा ११६ रन बनाएको छ ।
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१