पोखरा, १३ फागुन । राप्रपा केन्द्रीय समितिले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ ।
फागुन १५ देखि ३० गतेसम्म हुने यात्राको सिलसिलामा पोखरामा २८ गते यात्राको तयारी थालिएको छ । राप्रपा कास्कीले सोको पूर्व तयारीको लागि विशेष बैठक सम्पन्न गरेको जनाएको छ ।
राप्रपा जिल्ला अध्यक्ष डा महेन्द्रबहादुर कार्कीको संयोजकत्वमा जिल्ला, क्षेत्रीय, पोखरा महानगरपालिका, गाउँपालिका, वडा तथा इकाइका पदाधिकारी तथा सदस्य रहने गरी मूल स्वागत समिति गठन गरिएको छ ।
स्वागत उपसमिति संयोजक इन्दिरा शाही, आर्थिकमा रवीन्द्रकुमार श्रेष्ठ, प्रचारमा हरिप्रसाद बराल, भोजन तथा आवासमा जगतप्रसाद सुवेदी, युवा तथा स्वयंसेवक परिचालनमा नारायण गुरुङ, जनपरिचालनमा ईश्वरी बैरागी रहेका छन् । उक्त समितिमा जिल्लास्थित केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सदस्यलाई सल्लाहकारमा राखिएको राप्रपा प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१