पोखरा, ६ फागुन। गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त डा भीमा ढुंगानाले शपथ लिएकी छिन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सोमबार आयोग उपाध्यक्ष डा गिरधारी शर्माले ढुंगानालाई शपथ गराएका हुन्। गत मंगलबारको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।
ढुंगानाको नियुक्तिसँगै आयोगको तीन सदस्यीय कमिटी पूरा भएको छ। गैंडाकोटकी ढुंगानाले जापानको विश्वविद्यालयबाट कृषि, अर्थशास्त्र तथा वातावरण विषयमा विद्यावारिधी उत्तीर्ण गरेकी छिन्।
कार्यक्रममा उनले प्रदेशको विकास र उन्नयनमा आफ्नो क्षमता पूर्ण उपयोग गर्ने प्रतिबद्धता जनाइन्। मुख्यमन्त्री गुरुङले पञ्चवर्षीय योजना निर्माणका साथै सरकारको वार्षिक बजेट, नीति तथा कार्यक्रम निर्माणमा पनि आयोगको भूमिका महत्वपूर्ण हुने बताए। प्रदेशको योजना तथा नीति निर्माण गर्दा राष्ट्रिय लक्ष्यभन्दा पनि माथिको लक्ष्य राखेर काम गर्नुपर्ने उनको भनाइ छ।
प्रमुख सचिव लक्ष्मीराम पौडेलले प्रदेशको आवश्यकता अनुसार काम गरेर संघीयताको सफल कार्यान्वयनमा सघाउन आग्रह गरे। प्रदेशका सबै मन्त्रीहरु, सचिवहरु तथा अन्य विभिन्न व्यक्तिहरुले ढुंगानालाई बधाई ज्ञापन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१