सोनाम ल्होछारमा सांस्कृतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
फागुन ७, २०७५
sonam

पोखरा, ६ फागुन । मञ्जुश्री संवत् २८५५ औैं सोनाम ल्होछार अवसरमा पोखरामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा चेलिबेटी सहितको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम गरियो ।

कार्यक्रममा नेपाल तामाङ वाईबा समाज अध्यक्ष वीगेन्द्र वाइवा तामाङले ल्हो परम्परा मान्नु अन्धविश्वास नभएर चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने विश्व वैज्ञानिक दृष्टिकोण भएको बताए ।कार्यक्रममा लोकोत्तर लोकवादी विचार अभियानका प्रबद्र्धक धनप्रसाद तामाङ र नेपाल तामाङ महिला घेदुङ कास्कीका निवर्तमान अध्यक्ष दीलमाया स्याङबोले बोलेका थिए ।

सो अवसरमा वाईबा भाइखलकका ८२ वर्षीय मानबहादुर वाईबालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै, वाईबा वंशावलीको खोज अध्ययन र अनुसन्धानमा सहयोग पुर्याउने पूर्व संयोजक प्रताप वाईबा र विष्णु योञ्जन तामाङलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।त्यस अवसरमा तामाङ गीत, कला र नृत्य प्रस्तुत गरिएको थियो । वाईबा भाइखलक कस्की संयोजक विले वाईबाको अध्यक्षतामा भएको कार्यक्रम वाईबा खलकका बुहारीहरु मीनमाया डुमजन र विष्णु योञ्जनले संयुक्त सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width