४२ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
bload photo_Fotor

लेखनाथ, ५ फागुन। पोखराको लेखनाथमा आइतवार भएको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ।

लक्ष्मी आर्दश टोल विकास संस्था पोखरा–२७ द्धारा आयोजित रत्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको हो। संस्थाका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सुभारम्भ पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङले गरेका थिए।

पहिलो रक्तदाता सप्त बहादुर जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको हो।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शंकर प्रसाद अधिकारीले स्वागत गरेका थिए भने सञ्चालन उपाध्यक्ष विमला पहारीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width