मुस्ताङमा नेपाली र अमेरिकी सेनावीच तालिम

एजेन्सी
फागुन १, २०७५
get_img


पोखरा, १ फागुन । नेपाल र अमेरिकी सेनाबीच वर्षेनी आयोजना हुँदै आएको संयुक्त सैन्य तालिम ब्यालेन्स नेल अन्र्तगत तीन हप्ते तालिम संचालन भइरहेको छ । जोमसोममा संचालित तालिममा ४८ जना नेपाली र अमेरिकी सेना सहभागी छन् ।

उक्त तालिम मुस्ताङमा चलिरहेको छ । नेपाली सेनाको विशेष फौज महावीर रेञ्जर रेजिमेन्ट, हिमाली युद्धकला विद्यालय र संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका सैन्य अधिकारी तालिममा सहभागी छन्।

उच्च हिमाली क्षेत्रमा युद्धकला, आपतकालीन उद्दार र हिमपहिरोको जोखिम र विपत् व्यवस्थापन तालिम भइरहेको नेपाली सेनाले जनाएको छ।तालिम अमेरिकी सेनासँग हुने नियमित क्यालेन्डरअनुसारकै एउटा हिस्सा हो। यो तालिम अन्तर्गत उच्च हिमाली क्षेत्रमा जीवन रक्षासहित विपत् व्यवस्थापन र उद्दारका कलाहरुसम्बन्धी अनुभव साटासाट हुनेछ।

अहिले सञ्चालन भइरहेको तालिम दुई देशबीच वर्षेनी आयोजना हुने तालिमकै एउटा हिस्सा हो,’ सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले बताए । तालिममा नेपाली सेनाको रेञ्जर र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड सहभागी छन्।’ उनका अनुसार सैन्य तालिम तीन हप्ता लामो हुनेछ। यो तालिम फागुनको पहिलो साता समापन हुनेछ।

दुई देशका सेनाबीच १५ वर्षदेखि आपसी साझेदारीमा विभिन्न तालिम, कार्यशाला एवं अनुभव आदान–प्रदान हुँदै आएको छ। ‘हिम पहिरो सुरक्षा, आपतकालिन उद्दारका लागि मात्र होइन आपसी मित्रता मजबुत बनाउन समेत सकारात्मक हुने विश्वास लिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width