शान्त माविको वार्षिकोत्सव

एजेन्सी
माघ २८, २०७५
Shanta Secondary School News Photo _Fotor

पोखरा, २७ माघ । पोखरा महानगर वडा नं. १८ भकुण्डेस्थित शान्त माविको २६ औ वार्षिकोत्सव सम्पन्न भएको छ ।

पोखरा महानगर पालिका को उपप्रमुख मञ्जुदेवी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयमा पारदर्शी लेखाप्रणाली भएको र अन्य विद्यालयले यस विद्यालयबाट शिक्षा लिनुपर्ने बताइन् । उनले अभिभावक, शिक्षक र विद्यार्थी कृयाशील रहेर नै विद्यालयले स्तर कायम राखेको बतइन् । विद्यालयलाई आफूले सहयोग गर्न प्रतिबद्धता जनाइन् ।

पोखरा महानगर वडा नं. १८ का वडा अध्यक्ष रणबहादुर थापाले विद्यालयको आवश्यकताको आधारमा हरेका योजनालाई प्राथमिकतामा राखी रकम विनियोजित गर्ने र छिट्टै विद्यार्थीलाई यातायातको पनि व्यवस्थापन गरिने बताए ।

स्थानीय समाजसेवी प्रेम जिसी, रामचन्द्र शर्मा तिमिल्सिना, पुर्व अध्यक्षहरु, सूर्यबहादुर खड्का, मित्रमणि तिमिल्सिना, नेकपा वडा ईकाई अध्यक्ष पुष्कलबहादुर थापा, नेपाली काँग्रेस वडा ईकाई सभापति शिवप्रसाद तिमिल्सिनालगायतले शुमकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गरुढध्वजमुगा अक्षयकोष, खड्क लिला थापा अक्षयकोष र देवकली अक्षयकोषहरु बाट प्राप्त व्याज रकम लाई २० जना विद्यार्थीलाईहरुलाई छात्रवृत्ति र १५२ जना लाई झोला वितरण गरिएको थियो ।

सरस्वतीको पुजासंगै विद्यार्थीको विविध साँस्कृतिक कार्यक्रम रहेको कार्यक्रममा प्र.अ. विष्णुप्रसाद भट्टराईले विद्यालय प्रतिवेदन र लेखापाल कमलमोहन तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । शिव प्रसाद तिमिल्सिनाले सरसफाइ सामाग्री वितरण गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धिबहादुर खड्काले स्वागत गरेको कार्यक्रममा उक्त कार्यक्रममा विद्यार्थी कविता अधिकारी र भुवन जिसीले पनि स्वागत भाषण उत्कृष्ठ शिक्षक मनोज बास्तोला, उत्कृष्ठ अभिभावकमा पार्वती गुरुङ र उत्कृष्ठ छात्रछात्रामा अमृत अधिकारी र कबु खड्कालाई सम्मान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width