पोखरा, २१ माघ । पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लब पोखरा रंगशालामा जारी छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो क्वाटरफाइनलमा उसले त्रिभुवन आर्मी क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यस सिजनमा २ उपाधि र १ मा उपविजेता आर्मी पोखरा रंगशालामा भने पहिलो खेलमै पराजित हुन पुग्यो ।
गोलको खडेरी पहिलो हाफको इञ्जुरी टाइममा डफिन्सले चिर्न सफल भयो । डफिन्सका लागि यान्निक ओनाले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । यान्निकले नै खेलको ६० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर पारे । उनले डिडर टीनाको बललाई सदुपयोग गर्दै विपक्षीको गोलपोष्टमा प्रहार गर्दा कीपर विश्वास चौधरीले रोक्न सकेनन् ।
त्यसको ८ मिनेटमै अरमेल एहण्डाले खेलको ६८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित पारे । दुई डिफेन्सलाई विट गर्दै अरमेलले बललाई पोष्टको लय लिएका हुन् ।
अग्ला र शारीरिक रुपमा बलिया खेलाडी लिएर आएको पाहुना टोलीले दोस्रो हाफको इन्जुरी टाइममा पनि गोल थप्यो । ६ मिनेट थपको इन्जुरी टाइमको पहिलो मिनेटमा ओको बोटाले गोल गर्दै ४–० को फराकिलो अन्तर कायम गरेकोमा लगत्तै आर्मीले सान्त्वना गोल फर्कायो ।
आर्मीका लागि विवेक बस्नेतले इञ्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै गोलअन्तर घटाएका हुन् ।
सोमबारको खेलमा २ गोल गरेका यान्निक म्यान अफ दी म्याच घोषित हुँदै ५ हजार रुपैयाँ पुरस्कार जिते ।
खेलको ४२ औं मिनेटमा ओओनाले गरेको हेड प्रहार क्रसबारबाट बाहिरिन पुग्दा अग्रता लिन चुकेको थियो । आर्मीका लागि लगत्तै सुदिल राईले डिबक्स भित्रबाट हानेको प्रहार बाहिरिन पुगेको थियो ।
हारपछि त्रिभुवन आर्मी क्लबका प्रशिक्षक गंगा देउजाले डिफेन्स कमजोर हुनुले गोलअन्तर ठूलो भएको स्वीकारे । इटहरीमा सम्पन्न मदन भण्डारी मेमोरियल गोल्डकप र वीरगञ्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपको उपाधि विजेता आर्मीले पोखरा रंगशालामा भने दोस्रो रोजाइका खेलाडी मैदान उतारेको थियो । आर्मीले सिमरा गोल्डकपको फाइनलमा भने थ्रीस्टारलाई उपाधि सुम्पेको थियो ।
मंगलबार तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र जापानको रिस्सो युनिभर्सिटीको टिमबीच प्रतिष्पर्धा हुने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ ।
यसैबीच, जापानी टिम प्रतियोगिता खेल्न आइतबार पोखरा आइसकेको छ । सोमबार पत्रकारसँग कुरा गर्दै युनिभर्सिटी प्रमुख तथा टिम म्यानेजर सुजिता ममूरोले नेपाल पुलिससँग आक्रामक खेल खेल्ने बताएका छन् । उनले यहाँको ग्राउण्ड त्यत्ति राम्रो नभए पनि जस्तोसुकै ग्राउण्डमा खेल खेल्नुपर्ने बताए । फुटबल खेल्न पहिलो पटक पोखरा आएको सो टिम जापानी युनिर्भिटीको पहिलो रोजाइको टिम हो । खेलका लागि जापानबाट कोच टुकुरियो ताकेसी, कीपर कोच सासाकी योटासहित २५ जनाको टोली पोखरा आएको छ ।
जारी प्रतियोगितामा यसअघि थ्रीस्टारलाई हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१