नवलपरासी, १४ माघ। हामी रेडियो केका लागि बजाउँछौं ? समाचार सुन्न, गीतसंगीत सुन्न वा स्थानीय परिवेश बुझ्न । सामान्यतया सबैको यस्तै उत्तर आउँला ।
नवलपरासीमा निकुञ्ज आसपासका बासिन्दा भने वन्यजन्तुको आक्रमण रोक्न रेडियो बजाउन थालेका छन्।
सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य यही हो। त्यसो त अझै पनि कुखुरापालक किसानले बाहिरको होहल्ला कुखुराको खोरसम्म जान नदिन कुखुराको खोरमा ठूलो आवाजमा रेडियो बजाएर छाड्छन्। किसानले यसको सफल अभ्यास गरेको लामै समय भयो। तर, अहिले त्यही ठूलो आवाजको रेडियो वन्यजन्तुको आतंक रोक्न काम लागेको छ।
देवचुली नगरपालिकाका बसन्त पोख्रेल राति ८/९ बजेपछि बारीको बीचमा रेडियो लैजान्छन् र ठूलो आवाजमा बजाएर छाड्छन्। उनले भने, ‘रेडियोका आवाज मान्छे बोलीराखेझैं मानेर होला, रेडियो बजाएर छाडेको दिन खेतबारीमा वन्यजन्तुले नोक्सान पारेको हुँदैन।’
चितवन राष्ट्रिय निकुञ्ज नजिकै खेतबारी भएका पोख्रेललाई पहिला आफ्नो बारीमा लगाएको अन्यबाली चितवन राष्ट्रिय निकुञ्जबाट आउने बँदेल, गैँडा, बाँदर लगायत जनावरले खाएर सताउने गर्दथ्यो। अहिले ठूलो आवाजमा रेडियो बजाएर छाडिदिने गरे पनि जंगली जनवारले नसताएको उनले बताए।
उनले साँझ ८/९ बजेदेखि बिहान उज्यालो नहुँदासम्म बजाएर राखिदिने गरेको बताए। पोख्रेलले भने, ‘अहिले हाइसञ्चो भएको छ। जंगली जनावर हाम्रो गहना हो । त्यसलाई क्षति पुराउन पनि भएन त्यसैले यस्तो जुक्ति लगाएको काम भयो।’
पोख्रेलले प्रयोग गरेको जुक्ति अहिले धेरैले प्रयोग गर्न थालेका छन्। खेतमा नमान्छे हुन्छ न त कुनै घर तर पनि निकुञ्ज नजिक खेत बारी भएका प्रायले अहिले रातिको समय ठूलो आवाजमा जंगली जनावरलाई त्यहाँ मान्छे भएको भान पार्न रेडियो बजाएर छाड्ने गरेका छन्।
देवचुली २ बस्ने नारायण भण्डारीले पनि आफूले पनि खेतमा जंगली जनवारको आतंक रोक्न रातिको समय रेडियो बजाएर छाड्ने गरेको बताए।
निकुञ्जबाट निस्कने जनावरले पूर्व नवलपरासीको दक्षिण क्षेत्रमा बालीनालीमा मात्र नोक्सान पुर्याउनेमात्र नभई कहिलेकाहीं मानवीय क्षतिसमेत पुर्याउने गरेको छ।
यहाँ रहेका मध्यवर्तीहरुले निकुञ्जको जंगली जनवार गाउँ नपसोस् भनी शुरुमा काँडेतारबार गरे । त्यो सफल भएन । त्यसपछि विद्युतीय झड्का दिने तारबार गरे तर त्यो पनि सफल नभएपछि निकुञ्ज र मानववस्तीबीच दुरी कायम राख्न पर्खाल नै लगाउन शुरु गरेको छ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१