चिकित्सा शिक्षा विधेयक स्वीकृत

आदर्श समाज सम्वाददाता
माघ १५, २०७५

राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सोमबारको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका बीच उक्त विधेयकसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो। दोस्रो बैठक शुरु हुने वित्तिकै नेपाली काँग्रेसका सांसद आ–आफ्ना स्थानबाट उठेर बैठकलाई अवरोध गरेका थिए ।

काँग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीले संसदीय मर्यादा विपरीत सरकारले चिकित्सा विधेयक अघि बढाएकाले बाध्यतावश विरोध जनाउनु परेको उल्लेख गरे। उनले सोही विषयलाई लिएर अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य सरोकारका विषयमा सरकारले चासो नदिएको भन्दै तत्काल वार्ताटोली गठन गरी वार्ता प्रक्रिया शुरु गर्न आग्रह गरे।

Related News

सम्बन्धित समाचार

hero news full width