विन्ध्यवासिनीमा लिफ्टको तयारी

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
bindabasini temple

पोखरा, १३ माघ । फागुनको पहिलो सातादेखि पोखराको बिन्ध्यासिनी मन्दिरमा लिफ्ट सञ्चालनमा हुने भएको छ । फागुनको १ गतेदेखि नै लिफ्टको सेवा दिने तयारीमा लागेको र अन्यथा पहिलो हप्ताबाट लिफ्ट सेवा सुरु गर्ने विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए ।

विन्ध्यवासिनी दर्शन गर्न आउने भक्तजनहरुलाई मन्दिर जान सजिलो होस् भनेर लिफ्ट सेवा सुरु गरेको उनले श्रेष्ठको भनाई थियो । लिफ्ट सेवा सुरु भएपछि मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सजिलो हुने अपेक्षा छ ।

अपाङ्ग, बृद्धबृद्धा र धेरै तौल भएका भक्तजनलाई मन्दिर जान कठिन हुनेहरुका लागि लिफ्ट सञ्चालनमा ल्याउन लागेको बताए ।  लिफ्ट निमार्णको कुल लागत ८० लाख रुपैयाँ अनुमान गरेपनि १ करोड हाराहारीको लागतमा लिफ्ट निर्माण भएको उनले जानकारी दिए । लिफ्टको पोखराका औद्योगिक घराना लक्ष्मी हाउसको सहयोगमा बनेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width