पोखरा, ९ माघ । पर्वतको महाशिला–५, लुंखु स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ पोखरा फेवा सिटी, लायन्स पोखरा लालीगुराँस, लायन्स पोखरा डेष्टिनेशन, लायन्स पोखरा पिस होम, लायन्स पोखरा वर्कि· टुगेदरको अयोजनामा शिविर भएको हो ।
गण्डकी मेडिकल कलेज पोखरा र मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरको स्थानीय व्यवस्थापन महाशिला वडा ५ ले गरेको थियो । शिविरमा एक हजार जनाले स्वास्थ्य जाँच गराएको बताइएको छ । कार्यक्रममा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
प्रमुख अतिथि महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले शिविरले स्वास्थ्य सेवामा पहुँच पु¥याउन मद्दत मिलेको बताए ।
लायन्स क्लब ३२५ वि वान डिष्ट्रिक पिआरओ इन चिफ परमेश्वर बरालले स्वास्थ्यको पहुँच नपुगेको ठाउँमा सेवा दिन सधैँ लायन्स क्लब तयार रहेको बताए ।
रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले शिविरमा यहाँका स्थानीवासी लाभान्वित भएकोमा खुसी व्यक्त गरे ।कार्यक्रममा महाशिला ५ का अध्यक्ष जीवन विक्रम उचै, जोन चियरपर्सन लक्ष्मी बराल, लायन्स पोखरा डेष्टिनेशन अध्यक्ष डा सरस्वती न्यौपाने शर्मा, लायन्स क्लब अफ पोखरा पिस होमकी अध्यक्ष लक्ष्मी केसीले बोलेका थिए ।
लायन्स पोखरा फेवा सिटी अध्यक्ष दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लयान्स पोखरा फेवा सिटीकी कुलमाया पौडेलले स्वागत र लायन्स पोखरा वर्कि· टुगेदर अध्यक्ष कृष्ण भण्डारीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१